कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिएसँगै सरकारले बिहिबारदेखि १५ दिनको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने भएको छ ।
निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने भएका छन्। राजधानी उपत्यकासहित निषेधाज्ञा लागेका जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाहरु दिउँसो २ बजेसम्म मात्रै खुल्ला हुने भएका छन् ।
बुधबार राष्ट्र बैंक र बैंकरबीच बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञाको अवस्थामा बैंकिङ सेवा कसरी गर्ने भन्ने विषयमा भएको छलफलपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएकोे छ ।
निषेधाज्ञाको अवस्थामा कोरोना संक्रमणको अवस्था र ग्राहकको भिडलाई आधार मानेर आवश्यक निर्णय लिइने बैंकर संघले जनाएको छ। बैंकका सबै शाखा र एटीएम सञ्चालन हुनेछन्।
स्वास्थ्य मापदण्ड पुरा गरेर शाखा खोलिनेछ । सकभर सर्वसाधारणलाई अनलाइन कारोबार गर्न बैंकहरुले आग्रह गरेका छन्।































प्रतिक्रिया