राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको आरोप लगाएका छन्।
अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जे जस्ता अमर्यादित हर्कत भइरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।’ उनले संघियता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन्।
अध्यक्ष थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। पुनर्विचार गर्न ढिला नगरौं भनी आव्हान गरेका छन्।
अध्यक्ष थापाको ट्वीटः कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउनरजोगाउन जे जस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघियता बोझ मात्र होइन, राजनीतिक विकृतिको भण्डार साबित भएको छ। गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। पुनर्विचार गर्न ढिला नगरौं।





























प्रतिक्रिया