नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ। शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको छ।

बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो। 

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ। उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने छ र समयमै स्वीकृती पाएमा यथासिघ्र संयुक्त कारोवार नबिल बैंकले गर्नेछ। 
 
सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछन् । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल वृद्धि भइ ३७ हुनेछन् । एटिएम संख्या भने १९० हुनेछन् । निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ।

Logo