जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गरौं : स्वास्थ्य मन्त्रालय

जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गरौं : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ।
 
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रबार जारी गरेको  ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन अपिल गरिएको छ।

सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलाका साबुन पानीले हात धुने सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ।

सङ्क्रमणबाट प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको अपिलमा उल्लेख छ।

“कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तारिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्णरुपमा नगर्नु, नगराउनु हुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भीडभाड गर्ने काम बन्द गर्ने गराउने काम गर्न अन्यन्त जरुरी छ”, अपिलमा भनिएको छ ।

Skip This
Skip This
Logo