नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन्। उनले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए।
सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ। सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्याउनुपर्ने उनले बताए। उनले भने– ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन। यो कुरालाई तुरुन्त सच्याउनु पर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परीक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ।’
नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए। सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे।































प्रतिक्रिया