बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, २५ प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिनु

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, २५ प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिनु

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्ररुपमा फैलिएसँगै संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत बिहीबारदेखि काठमाडौं उपत्यकासहित २७ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ।

निषेधाज्ञा जारी भएपनि सरकारले बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपमा सञ्चालन गर्न दिने व्यवस्था गरेको थियो । तर निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमण बढ्दै  गएपछि  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ। 

राष्ट्र बैंकले 'क’, 'ख’, 'ग’ र 'घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताका साथ साथै ब्यवसायलाई निरन्तरता दिन विभिन्न ७ बुँदे निर्देशन जारी गरेको छ। 

राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पालना गर्न जोखिम न्यूनीकरणका उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । त्यस्तै निषेधाज्ञा जारी भएका स्थानमा रहेका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले वर्क फ्रम होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ।

त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजालमार्फत जानकारी दिन भनिएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न र स्थानीय निकायसँग समन्वय गरि सेवा दिन निर्देशन दिएको छ।

Skip This
Skip This
Logo