२ करोड वर्षको यात्रा गरेर पृथ्वीमा आएको एउटा उल्कापिण्ड

२ करोड वर्षको यात्रा गरेर पृथ्वीमा आएको एउटा उल्कापिण्ड

केन्द्रबिन्दु
0
Shares

झण्डै तीन  वर्ष पहिले अफ्रिकाको वोत्सवानाको कालाहारी मरुभूमीमा एउटा सानो  उल्कापिण्ड (asteroid ) आकाशबाट खस्यो। वैज्ञानिकले पत्ता लगाए कि यो उल्कापिण्ड कहाँबाट आएको हो। यसलाई हाम्रो सौर्य मण्डलको ठूलो मध्येको एक एस्टेराइड  ४ भेस्टा  (Vesta )को एक भाग भएको मानियो।

झण्डै ५२५ किमी व्यास भएको ४ भेस्टा  एस्टेराइडको खोज २९ मार्च सन १८०७ मा हेनरिक विलियम  (Heinrich Wilhelm Matthias Olbers ) ले गरेका थिए। ४ भेस्टाबाट नुहेर पृथक भई पृथ्वीमा खस्न आइपुगेको  यस उल्कापिण्डलाई '२०१८ एलए' नाम दिइयो। यसलाई सबैभन्दा पहिले युनिभर्सिटी अफ एरिजोनाको कैटलिना स्काई सर्वेको टेलिस्कोपको मद्दतले अवलोकन गरिएको थियो।

सेती  (SETI )इन्स्टिच्युटका उल्कापिण्ड खगोलविद् पिटर जेनिस्केन्सका अनुसार यो दोस्रो पटक हो जब कुनै उल्कापिण्डलाई  पृथ्वीमा ठोक्किनु भन्दा पहिला अन्तरिक्षमा देख्न सकियो। यसभन्दा पहिले सन् २००८ मा सुडानमा उल्कापिण्ड खस्नु अघि नै आकाशमा देख्न सकिएको थियो।

 '२०१८ एलए' देखिएको केही घण्टापछि वोत्सवानामा आगोको गोला  बनेर खसेको थियो। अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) को 'स्काइ म्यापर टेलिस्कोप'ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नु केही समय अघि मात्र यसलाई क्यामरामा कैद गरिएको थियो। सिसिटिभी फुटेजमा यसको आखिरी पल राम्रोसँग देखिएको छ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीका 'स्काइम्यापर प्रोजेक्ट'का वैज्ञानिक क्रिस्टोफर ओकेनका अनुसार यस  तस्वीरको मद्दतले  पृथ्वीमा खसेको उल्कापिण्डको टुक्रा खोज्न तथा अन्तरिक्षमा यसको उत्पत्तिसँग जोडिएको कुरा बुझ्न सजिलो भयो।

अन्तर्राष्ट्रिय वैज्ञानिकको एक टिमले खोज्दै जाँदा आकाशबाट खसेको  यस टुक्रालाई  कालाहारी गेम रिजर्भमा भेटेको थियो । यस उल्कापिण्डलाई 'मोटोपि पान' (Motopi Pan )नाम दिइयो।

वैज्ञानिकका अनुसार 'मोटोपि पान' ४.३२४ अर्ब वर्ष पहिले बनेको थियो। जब ४ भेस्टामा 'भेनेनिया  (Veneneia ) इम्पेक्ट बेसिन' बनेको थियो । यस घटनामा 'मोटोपि पान' तातेको थियो। तथा अर्को घटना 'रिसिल्विया (Rheasilbia ) इम्पेक्ट'मा यो ४ भेस्टाबाट बाहिर निस्किएको थियो।

यस टुक्राको आइसोटोप्सको अध्ययन गरियो। यसबाट उल्कापिण्डको रसायनिक संरचना  तथा आकार पत्ता लागेको थियो। अध्ययनका अनुसार '२०१८ एलए' पाँच फिटको रहेको थियो। साथै पृथ्वीमा खस्नु अघि यसले २.२ देखि २.३ करोड वर्षसम्म अन्तरिक्षमा सफर गरेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नु अघि यसको गति ६० हजार किमी प्रतिघण्टा रहेको थियो। अनुसन्धानकर्ताले  यसको समानता २०१५ मा टर्किमा खसेको उल्कापिण्ड सारिसिसेक  (Sariçiçek )सँग गरेका छन्। यी दुवै ४ भिस्टाबाट  टुक्रिएर बनेको पनि अनुसन्धानबाट थाहा हुन आएकाे छ। 

Skip This
Skip This
Logo