नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार भने उच्च

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार भने उच्च

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन शेयर बजारमापक नेप्से परिसूचक आज १२.३५ अंकले घटेको छ। तर, कारोबार रकम भने उच्च रुपमा उकालो लागेको छ।

१२.३५ अंकले घटेको नेप्से २ हजार ६५२.७५ विन्दुमा रोकिएको छ। आज १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेचमा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भयो। 

आज अपि हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै ३९ करोड रूपैयाँ बराबरको भएको छ। यसैगरी, पुनर्बीमा कम्पनीको शेयर कारोबार २९ करोड रूपैयाँ बराबरको भएको छ। 

विशाल बजारको शेयर आज पनि मूल्य १० प्रतिशतले नै बढेको छ। महिला लघुवित्तको शेयर पनि १० प्रतिशन बढेको छ। लघुवित्त तथा उत्पादन दुई समूह बाहेक सबै उप समूहहरू राताम्मे भएका छन्।

Skip This
Skip This
Logo