कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारले विसं २०७८ मा थप सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । 

सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएको मन्त्रिपरिषद्का निर्णय अनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्णजन्माष्टमी र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वीकृत गरिएको छ।

त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री केसीले जानकारी दिइन्।रासस

Skip This
Skip This
Logo