दिल्ली अदालतको कारण देखाउ आदेश केन्द्र सरकारलाई

दिल्ली अदालतको कारण देखाउ आदेश केन्द्र सरकारलाई

केन्द्रबिन्दु
0
Shares

दिल्ली उच्च अदालतले भारतको केन्द्र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।

दिल्लीलाई सात सय मेट्रिक टन अक्सिजन आपूर्ति गर्न दिल्ली उच्च अदालतले केन्द्र सरकारलाई निर्देशन दिए पनि केन्द्र सकारले अक्सिजन नपठाएका कारण न्यायिक आदेशको पालना नभएकोमा किन यसो गरेको भन्दै कारण देखाउ आदेश जारी गरेको हो।

दिल्ली शहरका अस्पतालहरूले अक्सिजन आपूर्ति, सघन उपचार कक्ष र अत्यावश्यक सपोर्टिभ औषधीहरूको अभाव भइरहेको छ।

कोभिड  बिरामीहरूको अक्सिजन वा आईसीयू समर्थन चाहिने बिरामीहरूको अभूतपूर्व वृद्धिको दबाबमा स्वास्थ्य पूर्वाधार चरमराइरहेको छ। 

यो अवस्था नेपालमा नि आउन सक्छ, विज्ञको आंकलन छ। तथापि उक्त आदेशको भारत सरकारले कुनै कारण देखाएको छैन।

Skip This
Skip This
Logo