मौसममा सुधार हुन केही दिन लाग्ने

मौसममा सुधार हुन केही दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू भाग नजिक विकसित भएकाले देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाले जनाएको हो ।

न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको हो। 

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। 

दिउँसोपख काठमाडौं उपत्यकामा पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।

केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

Skip This
Skip This
Logo