भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनले कारबाही गर्ने

भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनले कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

अस्पतालको गम्भीर लापरबाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए। 

शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए। 'आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल गर्‍यौँ। आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारबाही अघि बढाउँछौं,' उनले भने। 

पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको दुई जनाको मृत्यु भएको थियो। 

मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५  वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन्। स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो। 

Logo