पछिल्लो २४ घन्टामा विश्वभर ८ लाख ३६ हजार ४५८ जनामा कोरोना संक्रमण देखिएको छ भने १३ हजार ७२६ संक्रमितको मृत्यु भएको छ।
सबैभन्दा धेरै भारतमा ४ लाख १ हजार ३२६ संक्रमित थपिएका छन् भने करिब ४२ सय संक्रमितको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा ७८ हजार ३३७ संक्रमित थपिएका छन् भने २ हजार २१७ संक्रमितको मृत्यु भएको छ।
अमेरिकामा भने ४९ हजार ४९१ संक्रमित थपिएका छन् भने ७ सय ७७ संक्रमितको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा १९ हजार १२४ संक्रमित थपिएका छन् भने २३५ जना संक्रमितको मृत्यु भएको छ। टर्कीमा भने २० हजार १०७ संक्रमित थपिएका छन् भने २७८ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै रसियामा ८ हजार ३८६ संक्रमित थपिएका छन् भने ३७६ संक्रमितको मृत्यु भएको छ। अर्जेन्टिनामा भने २२ हजार ५५२ संक्रमित थपिएका छन् भने ६०९ जना संक्रमितको मृत्यु भएको छ।





























प्रतिक्रिया