जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान

जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ। कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ।

पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

मुलुक कोभिड–१९ बाट नराम्रोसँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनु परेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिशनका समाचारले जनतालाई स्तब्ध र  आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख गर्दै उक्त कार्यको छानबिन र कारवाहीको माग पनि राप्रपाले गरेको छ।

Skip This
Skip This
Logo