सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

केन्द्रबिन्दु
0
Shares

कास्की ।

कास्कीको माछापुच्छ्रे गाँउपालिकामा निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि विहिबार वित्तीय सम्झौता भएको छ ।

आयोजनाको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (रु एक अर्ब ५० करोड) रकम प्रवर्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ्रे गाँउपालिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्नेछन् । भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए। उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।रासस

Skip This
Skip This
Logo