नेपाल-खनाल समूहको अल्टिमेटम सकियो, अब के हुन्छ ?

नेपाल-खनाल समूहको अल्टिमेटम सकियो, अब के हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को नेपाल-खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन दिएको समय सीमा सकिएको छ। यस समूहले सोमबार (आज) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो। 

सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिदै आएको नेपाल-खनाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो। नेपाल खनाल समूहका सांसदहरुको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको थियो । आइतबार नै नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफूहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिएका थिए।

आजसम्म दिएको उनीहरुको समयसीमा सकिएको छ तर के गर्ने भन्ने निर्णय भने गरिसकेको छैन। 

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ। नेता भट्टराईले अध्यक्षबाट प्रतिवद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय गर्ने बताएका थिए।

फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार, दुई वटा पार्टीको एकता भंग भईसकेपछि नेकपा एमाले स्वतः २०७५ जेठ २ गतेको अवस्थामा पुगेको छ। नेपाल समूहले उठाएको एउटै कुरा हो कि अब पार्टीको जीवन, संगठन, पार्टीको नेतृत्व विचार सबै एकतापूर्वको अवस्थाबाट अगाडि बढ्नु पर्छ । तर ओली यसलाई मान्ने अवस्थामा भने देखिएका छैनन्। 

प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पुर्ववत अवस्थाबाट सञ्चाल गर्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ।

Skip This
Skip This
Logo