एमाले नेता खनाल कोरोना सङ्क्रमणमुक्त

एमाले नेता खनाल कोरोना सङ्क्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन्। नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन्। 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए। उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने भएका छन्। 

सङ्क्रमति भएपछि वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए।

फाइल फाेटाे

Skip This
Skip This
Logo