जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार जनताको सुरक्षा दिन पूर्णत असफल भएको र विश्वासको मत दिन नसक्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यहि सरकारका समयमा निर्मला पन्तको जस्ता सयौं बलात्कार र हत्याका घटना भएको पनि उनले आरोप लगाए । सुरु सुरुमा सरकारप्रति आशा र भरोसा भएको तर पछिल्ला दिनमा सरकारले नै आफ्नो विश्वास गुमाएको उनले बताए ।
सरकारको नारा समृद्ध नेपाल सुखी नेपालीको ठिक उल्टो हुँदै यतिबेला दरिद्र नेपाल दुःखी नेपालीको नाममा परिणत भएको उनको आरोप थियो । यादवले सरकारलाई विश्वासको मत नदिने पनि स्पष्ट पारेका छन् ।
कोरोनाको महामारीमा पनि सरकारले रथयात्रा गरेका कारण संक्रमण बढेको आरोप लगाए। यादवले प्रधानमन्त्रीले त्यतिबेलै विघटन गरेको संसदसँग अहिले विश्वासको मत माग्नु दुर्भाग्य भएको पनि बताए ।
उनले सरकारले नै संघियतालाई समाप्त पार्न लागेको आरोप पनि लगाए ।
उनले आफ्ना सांसद र नेताहरु जेलमा रहेकाले र संविधान संशोधन गर्ने आधार पनि नभएकाले आफ्नो पार्टी तटस्थ रहने बताएका हुन् ।































प्रतिक्रिया