प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकृत भएको छ। आज संसदमा भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा ९३ मत मात्र परेको थियो । विपक्षमा १२४ मत परेको र १५ मत तटस्थ रहेको नतिजा सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए । आज जम्मा २३२ सांसद उपस्थित रहेका थिए ।
आज सभामुख सापकोटाको निर्देशन अनुसार प्रस्तावको पक्ष, विपक्ष वा तटस्थ रहने दलका सांसदहरुले मत दिएका थिए।
यस अघि प्रधानमन्त्रीले विश्वासको मत मागेपछि विभिन्न दलका नेताहरुले आआफ्ना धारणा राखेका थिए। त्यस लगत्तै उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।































प्रतिक्रिया