काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने, आज तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने, आज तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने निश्चित भएको छ। यस अघि जारी गरिएको निषेधाज्ञा भोलिदेखि सकिंदै गर्दा समय थप्ने गृहकार्य भइरहेको छ । यसको निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ।

कोरोना संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा २९ वैशाखमा सकिँदैछ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आज बस्ने बैठकले यसको निर्णय गर्नेछ ।

सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो। त्यही सिफारिशलाई आधार बनाएर आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने बताइएको छ।

गृह मन्त्रालयका अनुसार, कोरोना संक्रमण नियन्त्रणका लागि अहिले देशभरका ७० जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

Skip This
Skip This
Logo