राजनीतिक अस्थिरताका बीच नेप्से २७.४७ अंकले बढ्यो

राजनीतिक अस्थिरताका बीच नेप्से २७.४७ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर राजनीतिक अस्थिरता बढीरहेको अवस्थामा मंगलबार शेयर बजारमा हरियाली छाएको छ। 

साताको पहिलो दिन आइतबार घटेको नेप्से परिसूचक सोमबार र मंगलबार दुबै दिन बढेको छ।

मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढेर २ हजार ६७३.२३ अंकमा पुगेको छ। 

आज प्रायः सबै उपसमूहमा हरियाली छाएको छ। आज १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा कारोबार भएको छ। कारोबारमा १५८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३० वटा कम्पनीको शेयर मूल्य स्थिर छ। 

आज ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ। जसमा बोटलर्स नेपाल तराईको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १० हजार ६५ रुपैयाँ पुगेको छ। 

त्यसैगरी रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य ९.९७ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा ९.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको शेयर ९.८८ प्रतिशत र समता घरेलु लघुवित्तको शेयर ९.०५ प्रतिशतले बढेको छ।

त्यसैगरी आजको कारोबारमा गुमाउने कम्पनीमा बिशाल बजार कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनी शेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार ८९७ रुपैयाँमा झरेको छ। त्यसैगरी लिबर्टी इनर्जी, बरुण हाइड्रोपावर, ग्लोवल आइएमई समुन्न योजना–१ र पाँचथर पावरको शेयर मूल्य ओरालो लागेको छ।

Logo