प्रभु बैंकका सिइओ शेरचनद्वारा धौलागिरी अस्पताललाई रेम्डेसिभिर इन्जेक्सन सहयोग

प्रभु बैंकका सिइओ शेरचनद्वारा धौलागिरी अस्पताललाई रेम्डेसिभिर इन्जेक्सन सहयोग

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बजारमा तीव्र माग भइरहेको कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुँदै आएको ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन बागलुङको धौलागिरी अस्पताललाई सहयोग गरेका छन्।

देशभर काेरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिएर जिल्लाहरुमा समेत देखा पर्न थालेका र अस्पतालहरुमा अक्सिजन तथा औषधिसमेत अभाव भइरहेकाले आफू जन्मेको ठाउँमा अप्ठ्यारो परेका मानिसहरूलाई राहत हो भन्ने उद्देश्यले सहयोग गरेको बताए। 

शेरचनले आफ्नो व्यक्तिगततर्फबाट यो सहयोग उपलब्ध गराएका हुन्। धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइने भएको छ। 

कोभिड विशेष अस्पतालमा भर्ना गरिएका कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएको तथा संक्रमितहरुको मुत्युसमेत हुन थालेकाले तत्कालका लागि ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन पठाएको बताए। 

'यो मानव जीवनकै कठिन संकटको अवस्था आएकाले  यो सरकार या कुनै एकको एकल प्रयासबाट नियन्त्रण सम्भव नभएकाले सानो सहयोग गरेको छु।' शेरचनले भने, ‘हामी सबै मिलेर सामना गरौं, आवश्यकताका आधारमा थप सहयोगका लागि पनि म प्रतिबद्ध र प्रयासरत रहनेछु।’

Skip This
Skip This
Logo