ई सेवासँगको सहकार्यमा रिचार्जरले सस्तो मूल्यमा स्वास्थ्य उपकरण दिने

ई सेवासँगको सहकार्यमा रिचार्जरले सस्तो मूल्यमा स्वास्थ्य उपकरण दिने

केन्द्रबिन्दु
0
Shares

ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यमा रिचार्जरले बजार मूल्यभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो।

पल्स अक्सिमिटर ९९९ रुपैंयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ। रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो। 

बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्नेछन्। ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुनेछ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए। 

कोरोना संक्रमण तीब्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ । 

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैंयाँमा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैंयाँमा, सर्जिकल मास्क ५ रुपैंयाँमा, के ९५ मास्क १५ रुपैंयाँमा, कोरियन मास्क ३५ रुपैंयाँमा, फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने जनाएको छ । त्यसैगरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैंयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखि ९९९ रुपैंयाँका साथै थर्मलगन ९९९ रुपैंयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ। 

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा एक हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ।

Skip This
Skip This
Logo