मूल्यवृद्धि ३.१० प्रतिशतले उकालाे लाग्याे

मूल्यवृद्धि ३.१० प्रतिशतले उकालाे लाग्याे

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको चैतसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ। गत आवको सोही महिनामा मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको फागुनको तुलनामा चैतमा उपभोक्ता मूल्यवृद्धि केही बढेको छ। फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको थियो।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ। २०७६ चैतको तुलनामा ०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ। 

चालु आवको चैतमा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ। ०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ। गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो। चैतमा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । चैतमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ। 

०७७ चैतमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो। चैत महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ।

Skip This
Skip This
Logo