बिहान उठेर यी कुराहरु गर्ने बानी गर्नुहोस्, जसले स्वस्थ बनाउन मद्दत गर्छ

बिहान उठेर यी कुराहरु गर्ने बानी गर्नुहोस्, जसले स्वस्थ बनाउन मद्दत गर्छ

केन्द्रबिन्दु
0
Shares

अहिले संसार कोरोना महामारीसँग जुधिरहेको छ। विश्वभर कोरोना भाइरसका कारण लाखौंले ज्यान गुमाइसकेका छन् भने करोडौं संक्रमतिले यसको सामना गरिरहेका छन् । त्यसैले यस्तो असामान्य परिस्थितिमा हामीले आफ्नो स्वास्थ्यको बिशेष ख्याल राख्न अत्यन्तै जरुरी छ। 

सामान्यतया हामी आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छौं, जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पर्न जान्छ। त्यसैले स्वस्थ रहन अथवा रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि हामीले सर्वप्रथम आफ्नो दैनिकीलाई नै व्यवस्थित बनाउन आवश्यक हुन्छ। हाम्रो दैनिकी बिहानबाट सुरु हुन्छ । त्यसैले बिहान राम्रो कार्य गरेमा दिन राम्रो हुने शास्त्रमासमेत उल्लेख छ। जसका लागि बिहान उठेर यी कुराहरु गर्ने बानी गर्नुहोस् जसले तपाईंको दिन शुभ मात्र होइन तपाईंलाई स्वस्थ पनि बनाउने छ: 

–बिहान सकेसम्म चाँडो उठ्नुहोस् ढिलासम्म सुत्ने बानी स्वास्थ्यका लागि राम्रो होइन । सूर्य उदाउनु अघि नै उठ्नु अत्याधिक राम्रो हुन्छ ।

–बिहान उठेर सूर्यलाई जल चढाउनुस्, यो कार्य राम्रो स्वास्थ्यका लागि अनिवार्य मानिन्छ । यसले अनुहारको चमकतासमेत बढ्छ । 

– दिनको शुरुआत सधैं सकारात्मक हुनु पर्छ। त्यसैले बिहान उठ्नेबित्तिकै सबैसँग नम्र र मिठो बोल्नुस् । यसले दिनको सुरुवात राम्रो हुन्छ। बिहान उठ्ना साथ कसैमाथि रिस, अपशब्द अथवा कसैसँग बादविवाद वा झगडा गर्ने काम नगर्नुस् । यसले तपाईमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ। 

–व्यायाम अथवा योग गर्नुहोस् । स्वस्थ रहन र शरीरलाई फुर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो। योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट समेत बचाउँछ। 

–बिहान बेडमै पल्टेर टीभी अथवा मोबाइल हेर्ने बानी बन्द गर्नुहोस् । सामाजिक सञ्जाल वा च्यानलहरुमा हत्या, हिंसा, बलात्कार वा अन्य जघन्य अपराधका समाचार बिहान बिहानै हेर्दा नकारात्मक प्रभाव पर्छ र दिनको खराब सुरुवात हुन जान्छ। 

– बिहान उठेर दैनिक ध्यान गर्नुस् । यसले मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ। ध्यानले क्रोधलाई नियन्त्रण गर्नुका साथै मानसिक तनाबबाट पनि मुक्ती दिलाउँछ। यस्तै शरीरलाई रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ।

– धेरैको उठ्ने बित्तिकै ऐना हेर्ने बानी हुन्छ यो बानी बन्द गर्नुस् । यसले तपाईंको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी उत्पन्न गराउँछ । फ्रेस भएपछि मात्र ऐना हेर्दा उपयुक्त हुन्छ। 

–बिहान आफ्नो पूजा कक्षमा दीयो, अगरबत्ति जलाउनुस् । दीयोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नकारात्मक ऊर्जा खतम गर्छ। 

–बिहान खाली पेटमा दूध हालेको चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले ग्यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर र अल्सरले क्यान्सर हुन्छ। यस्तै ओछ्यानमै चिया खाने बानी छ भने यस्तो बानी त्याग्नुस् । बरु बिहान मनतातो पानी पिउनुस् । 

–बिहान कालो चिया, कागती पानी वा तुलसीको पातको चिया पिउनु उपयुक्त मानिन्छ । चियामा चिनीको सट्टामा सख्खर प्रयोग गर्नुहोस् । 

– बिहानको समय मसालेदार खाना खानाबाट टाढै बस्नुहोस् । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टिकयुक्त खाना खानुहोस्।

– हामी मध्ये धेरैको बानी ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर फेरि सुत्ने हुन्छ। यो बानी एकदमै नराम्रो बानी हो । यस्तो बानीले निद्रा पुरा भएर पनि तपाईंले फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाईं दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ।

Skip This
Skip This
Logo