पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति अधिकतम संयमता अपनाउन नेपालको अनुरोध

पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति अधिकतम संयमता अपनाउन नेपालको अनुरोध

केन्द्रबिन्दु
0
Shares

पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ। 

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि  मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ। गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नाश भएका सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो।

Skip This
Skip This
Logo