कांग्रेसले पनि नयाँ सरकारमा दाबी नगर्ने, अब ओली नै प्रधानमन्त्री

कांग्रेसले पनि नयाँ सरकारमा दाबी नगर्ने, अब ओली नै प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ। आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नहुने भएपछि नयाँ सरकारको दाबी नगर्ने निर्णय गरेको हो । 

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार जनता समाजवादी पार्टीले साथ नदिएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएका कारण बहुमत नपुग्ने अवस्था भएपछि कांग्रेसले सरकारको दाबी नगर्ने भएको हो । 

यस्तै नेकपा (माओवादी केन्द्र) ले बहुमतको सरकारको दाबी नगर्ने भएको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि आवश्यक बहुमत नपुग्ने निष्कर्ष निकालेको हो। 

एमाले नेता माधवकुमार नेपाल समूहले तत्काल राजीनामा नगर्ने निर्णय गरेपछि माओवादीले पनि निर्णय फेरेको हो। 

आज एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो। सो वार्तापछि नेपाल समूहले दिने भनिएको संयुक्त राजीनामा तत्काल रोकिएको छ। 

यससँगै विपक्षीहरुको नयााँ सरकार बनाउने प्रयास असफल बनेको छ। अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री बन्ने र त्यसपछि पुनः विश्वासको मत लिन नसके अर्को सरकारको प्रक्रिया अघि बढ्ने भएको छ।

Skip This
Skip This
Logo