अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ८० डलरसम्म पुग्ने

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ८० डलरसम्म पुग्ने

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य पनि नाटकीय रूपमा बढ्दै गएको छ। एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर वृद्धि भइरहेको छ। पछिल्लो समयमा प्रतिब्यारेल ३० डलरसम्म सस्तो भएको कच्चा तेलको मूल्य बढेर अहिले ६८.७४ डलर पुगेको छ। 

कच्चा तेलको मूल्यमा अझै वृद्धि हुने पेट्रोलियम पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय सर्वेक्षण संस्था गोल्डमैन सैक्सले जनाएको छ। अबको केही महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ हुँदै ८० डलरसम्म पुग्ने उक्त संस्थाले जनाएको छ।  

अर्को अन्तर्राष्ट्रिय संस्था आईआईएफएल सिक्योरिटीजका अनुसार अमेरिका, चीन, ब्रिटेन, युरोप, पश्चिमी मुलुकसहित विश्वभरको विकसित मुलुकमा कोभिडको संक्रमण रोक्न खोप लगाउने अभियान सुरु भएको छ। यो अभियानपछि विकसित मुलुकसहित विश्वभरको अर्थव्यवस्थामा युद्धस्तरमा सुधार हुन थालेको छ।  

यसले गर्दा आगामी दिनमा कच्चा तेलको मागमा थप वृद्धि हुनेछ। विश्वभर एक्कासि माग बढ्दा त्योअनुसार तेल उत्पादन गर्ने मुलुकले उत्पादन गर्न सक्दैनन्। यसले गर्दा यसको मूल्यमा पनि ठूलो वृद्धि हुनेछ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo