युनाईटेडको मैदानमा लिभरपुल विजयी

युनाईटेडको मैदानमा लिभरपुल विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिभरपुल विजयी भएकाे हाे ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनोले दुई तथा डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरे । घरेलु टोलीका ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल फर्काए ।

जितपछि लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा पुग्ने सम्भावना जीवित राखेको छ । लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युनाईटेड ३६ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा छ ।

Logo