अर्थमन्त्री पौडेलद्वारा अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण

अर्थमन्त्री पौडेलद्वारा अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् ।

पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।

यस अघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (०७२ कात्तिक १९ गते) मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए। अहिले पनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भिर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

Skip This
Skip This
Logo