नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सृजना हुनुले कयौं संशय उब्जाएको उनले बताए। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयौं संशयहरु उब्जाएको बताएका हुन्। उनले अझै पनि संसद् विघटन गर्ने प्रयत्नै जारी नै रहेको दाबी गरे।
उनले भने, “झन रहस्यमय बाटोतिर जाँदैछ। धेरै संशयका कुराहरु छन्। पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ। त्यो कुरा कसरी समाधान हुन्छ। संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन। संविधानले बाँच्न पाउँछ कि पाउँदैन। जनताले बाँच्न पाउँछ कि पाउँदैन। यस्तो कोरोना छ। यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँछ। त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ।”































प्रतिक्रिया