सूर्य जसरी विकास पनि उदाउँदै जान्छ: प्रधानमन्त्री ओली

सूर्य जसरी विकास पनि उदाउँदै जान्छ: प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास देखी नसहनेहरूले नकारात्मक टिप्पणी गर्दै आएको बताएका छन्।

विपक्षी दलहरूलाई लक्षित गर्दै ओलीले विकासको प्रशंसा उनीहरूबाट सुन्न नसकिने बताए।

जसरी सूर्य उदाउँदै जान्छ, त्यसरी नै विकास पनि उदाउँदै जाने उनको भनाइ छ। शुक्रबार प्रधानमन्त्री पदको वहालीपछि ललितपुरको गोदावरीमा निर्माण सम्पन्न तीन हजार सिट क्षमताको सभाहलको उद्घाटन गर्दै उनले सरकार विकासका काममा केन्द्रित भएको बताएका हुन्।

यस्तै, उनले कोरोना खतरनाक रूपले तीव्र गतिमा बढिरहेका बताएका छन्। नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयास भन्दा तीव्र गतिमा बढेको भन्दै उनले जनस्वास्थ्यका मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरे।

Skip This
Skip This
Logo