कोरोनालाई सामना गर्ने बजेट ल्याउछौंः अर्थमन्त्री पौडेल

कोरोनालाई सामना गर्ने बजेट ल्याउछौंः अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।  

अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन्। 

उनले कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड १९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए। 

अर्थमन्त्री पौडेलले कोभिड १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 
 
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए।  

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए। 

Skip This
Skip This
Logo