कोरोना प्रभावित काभ्रेको पात्लेखेतमा स्वास्थ्य सामाग्री वितरण

कोरोना प्रभावित काभ्रेको पात्लेखेतमा स्वास्थ्य सामाग्री वितरण

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरण तथा नियन्त्रणको प्रयासलाई ध्यानमा राख्दै धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत निवासी बद्रिराज तिमल्सिना र शुभराज तिमल्सिनाले स्वास्थ्य सामाग्री तथा औषधि सहयोग गरेका छन्। 

पात्लेखेतमा संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य चौकीमार्फत वितरण हुने गरि २० जना कोभिड पोजेटिभ देखिएकाहरूलाई सप्लिमेन्ट्री प्याकेज (मास्क, सेनिट्राईजर, भिटामिन सि, डी, जीन्क ट्याब) वितरण गरिएको हो। 

युवा व्यवसायी शुभराज तिमल्सिनाको व्यक्तिगत व्यवस्थापनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्षसमेत रहेका बद्रिराज तिमल्सिना तथा पूर्वअध्यक्ष ईश्वरी ओझाले पात्लेखेत स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। आवश्यकता अनुसार ती सामाग्री थप सहयोग गरिने बताइएको छ।  

हस्तान्तरण स्थानीय युवा रोशन तिमल्सिना र गोविन्द धितालले संयोजन गरेका हुन्। जोखिम बढ्दै गएकाले सहयोगलाई निरन्तरता दिने र दायरा पनि फराकिलो बनाउदै लैजाने शुभराज तिमल्सिनाले जानकारी दिए। उनले सकेसम्म सबैजना घरमै बस्न र संक्रमितहरु पूर्णरुपमा आइसोलेट हुन पनि आग्रह गरे।  

पात्लेखेतमा ३१ महिला र २५ पुरुष गरि ५६ जना संक्रमित छन्। हालसम्म दुईजनाको ज्यान गुमिसकेको धुलिखेल वडा न ११ का वडाध्यक्ष बिष्णु धितालले जानकारी दिए। 
 
धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार धुलिखेल नगरपालिकामा २ सय महिला र २ सय १९ पुरुष गरि ४ सय १९ जना कोरोना संक्रमित छन् भने ९ जनाको मृत्यु भइसकेको छ।

Skip This
Skip This
Logo