काेराेना संक्रमणदरमा भियतनामपछि नेपाल दोस्रो

काेराेना संक्रमणदरमा भियतनामपछि नेपाल दोस्रो

केन्द्रबिन्दु
0
Shares

कोरोना फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। काठमाडौं विश्वविद्यालयको एक अध्ययनले नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्ने गरेको देखाएको छ। यस्तै, दैनिक संक्रमणबाट मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा झन्डै ३.३ छ। 

संक्रमित हुने र ज्यान गुमाउनेमा २० देखि ३९ वर्ष उमेर समूहका धेरै छन्। कामकाज बढी गर्नुपर्ने ३० देखि ३९ वर्ष समूहका बढी प्रभावित छन्। त्यसपछि २० देखि २९ वर्ष उमेरका व्यक्तिले ज्यान गुमाइरहेको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना संक्रमणदर त बिस्तारै घट्दै जाला। तर, अहिलेको चुनौती भनेको गरिखाने उमेरका व्यक्तिको मृत्युदर घटाउनु नै हो।’ नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको पनि उल्लेख गर्दा शुक्रबार २ सय ३ जनाको मृत्यु भयो। संक्रमणबाट शनिबार थप १ सय ८७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। देशभर १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित छन्।  कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ।

दोस्रो लहरमा देखिएको यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्टले बिरामीलाई छिट्टै जटिल अवस्थामा पुर्‍याउने गरेको छ। त्यसैले कोरोना संक्रमणसँगै मृत्युदर घटाउने चुनौती देखिएको विज्ञ बताउँछन्।  धुलिखेल अस्पतालमा कार्यरत डा.राजीव श्रेष्ठका अनुसार पहिलो लहरमा देखिएको कोरोनाको भेरियन्टभन्दा दोस्रो लहरको भेरियन्टले बिरामीलाई जटिल अवस्थामा पुर्‍याउँछ। ‘पछिल्लो भेरियन्टले बिरामीलाई बढी सिकिस्त बनाउने गरेको छ। अहिले गरिएको पछिल्लो अध्ययनले ४० देखि ६० प्रतिशत बढी सिकिस्त गराउने देखिएको छ’, उनी भन्छन्। मध्यम खालको अवस्थामा रहेका बिरामीलाई छिट्टै जटिलतातर्फ लैजाने गरेको पाइएको छ। 

जनस्वास्थ्य विज्ञ डा. मरासिनी स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन नसकेका कारण अहिले मृत्युदर बढेको बताउँछन्। ‘काठमाडौं उपत्यकाभित्रका सबै नगरपालिकाले कोरोना संक्रमितलाई जाँच गर्ने क्लिनिक खोलिदिएको भए यस्तो बिजोग हुने थिएन’, डा. मरासिनी भन्छन्, ‘संघ, प्रदेश र स्थानीय  सरकारबीच समन्वय र सहकार्य हुन सकेन।’ 

जोखिममा सुदूर र कर्णाली
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले शनिबार फेसबुकमा गुनासोसहितको स्टाटस लेखे। ‘सुदूरपश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्र सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार अनुरोध गर्दा पनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकाले सुदूरपश्चिमवासीको बाँच्न पाउने अधिकार सुरक्षित भएन भने ठूलो विद्रोह हुनसक्छ।’ अस्पताल नै पर्याप्त नभएका सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमणदर बढ्दै जाँदा कस्तो अवस्था होला ? डा. मरासिनी भन्छन्, ‘सरकारी र निजी अस्पताल भएको काठमाडौंमा त यस्तो बिजोगपूर्ण अवस्था छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo