जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको खुलाएका छन्।
उनले सामाजिक संजाल ट्वीटरमा यस्तो खुलासा गरेका हुन् । भट्टराईले आफूले ओलीलाई व्यक्तिका रुपमा नभई प्रधानमन्त्रीका रुपमा भेट गरेको र राष्ट्रिय सहमतिको सरकारका लागि आग्रह गरेको बताएका छन्।
प्रधानमन्त्री ओली निकट नेता महेश बस्नेतले ‘भट्टराई मध्यराति बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको’ दाबी गरेका थिए।
त्यसको जवाफमा भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नै पर्ने भयो । महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान, पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ।अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ। सोचौं।’































प्रतिक्रिया