काठमाडौँ ।
बुधबारबाट देशभर कोभिड १९ विरुद्वको खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भपछि अबको तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप पाउने उनले बताएका थिए ।
आजदेखि औपचारिक रुपमा नेपालमा सुरु भएको कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले लगाएका थिए ।
त्यसैगरी धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा दिवाकर पराजुली, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी लगायत देशभरका स्वास्थ्यकर्मीले खोप लगाएर खोपको शुभारम्भ गरेका थिए । खोप लगाएपछि सबैले आफूहरुलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरेका छन् ।


खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी छन् । १० दिनसम्म सञ्चालन हुने खोप अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् ।


रासस































प्रतिक्रिया