सोमबार पनि शेयर बजार मापक नेप्सेले आइतबारको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ अंकमा बन्द भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।
सोमबार काराेबारमा आएका २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ शेयर कित्ता १ लाख १ हजार ९१८ पटक किनबेच हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँको कारोबार भएको छ।
सोमबार बैंकिङ समूह ९.२२ अंक, ट्रेडिङ समूह ७.११ अंक, हाइड्रो पावर समूह १२.७९ अंक, फाइनान्स समूह १२.४७ अंक, निर्जीवन बीमा समूह ३९.०९ अंक, अन्य समूह ५७.६४ अंक, माइक्रोफाइनान्स समूह १५.२२ अंक, जीवन बीमा समूह ११८.३९ अंक, म्युचुअल फण्ड समूह ०.०९ अंक र इन्भेष्टमेन्ट समूह ०.१४ अंकले बढेको छ।
होटल तथा पर्यटन समूह १२.७९ अंक, डेभलपमेन्ट बैंक समूह ०.५५ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो. समूह ४३.५६ अंकले घटेको छ।
अधिकांश कम्पनीहरुले त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसले गर्दा वित्तीय अवस्था वा नाफा लगायत अन्य सूचकहरु बढेका छन् । यहि गतिमा चलिरहे शेयर बजार नेप्से नयाँ उचाइमा पुग्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताए ।





























प्रतिक्रिया