सङ्क्रमण घट्न सकेन, केही हप्ता अझै चुनौतीपूर्ण: स्वास्थ्य मन्त्रालय

सङ्क्रमण घट्न सकेन, केही हप्ता अझै चुनौतीपूर्ण: स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ। 

मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए।

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे। उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागू नगरिएको सङ्क्रमण बढिरहेको जनाए। मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ। उनले निषेधाज्ञाको समयमा मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनु पर्ने बताए। 

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसँग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ, उनले जारी गर्नु भएको सूचनामा भनिएको छ। यस्तै कोरोना भाइरसविरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताए। 

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको छ। आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन्।

Skip This
Skip This
Logo