आजदेखि देशभर मौसम बद्ली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुशार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको छ।
यस्तै उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाे छ। पर्वतारोहण नगर्न र नगराउन पनि महाशाखाले आग्रह गरेको छ।
भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली , सुदूरपश्चिम , गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।
यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको १/२ ठाउँमा भारी हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।































प्रतिक्रिया