विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)भित्र फेरि अचम्म लाग्दो तरिकाले मेलमिलाप भएको देखिएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गरि हामी मिल्यौं भन्ने संकेत दिएका छन्।
यो संकेतको शिकार प्रधानमन्त्री केपी ओली हुनेछन् भने, प्रचण्ड–देउवालाई केहि राहत मिल्ने देखिएको छ।
अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका जसपाको यो सरप्राइजले पुनः जसपा एक हुने रुपमा मात्र नभइ यसलाई राजनीतिमा पनि अर्थपूर्ण रुपमा लिइएको छ। यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ।
जब ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरे तब राष्ट्रिय राजनीति तरंगित बन्यो। संयुक्त विज्ञप्तिले हाल जसपा सरकारमा सहभागी नहुने प्रष्टसमेत पारेको छ।
त्यसो त पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवं अड्कलबाजी भइरहेका छन्। जसपा ठाकुर–महतो पक्षले ओलीलाई ग्रिन सिग्नल दिएका कारण यो बहस उठेको हो।
तर, मंगलबार जारी गरिएको संयुक्त विज्ञप्तिमा तत्काल जसपा सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने र पार्टीको नीति र निर्णय यथावत रहेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।
जसपाको यो निर्णयसँगै अबको केहि दिनमै संसदमा विश्वासको मत लिन तम्सिन खोजेका ओलीलाई धक्का लाग्ने देखिएको छ। १२१ संसाद रहेको एमालेलाई माओवादी केन्द्र, जसपा वा नेपाली कांग्रेसले सहयोग नगरे बहुमत पुग्दैन तर एमाले इतर भने संयुक्त गठबन्धन गरे तीन पार्टी मिल्दा बैकल्पिक सरकार दिन सक्छ।
वैकल्पिक सरकार गठनका लागि पुनः संसदको निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र भएको छ।
त्यसो त उपेन्द्र यादव र बाबुराम भट्टराई विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका थिए भने महन्थ ठाकुर र राजेन्द्र महतोले भने अप्रत्यक्ष रुपमा सरकारलाई सघाएका थिए।
उपेन्द्र–बाबुराम पक्षमा १५ जनाले र विपक्ष ठाकुर–महतो पक्षमा १५ जना र तटस्थसहित दुईजना अनुपस्थित रहेको जसपाको आंकडा अब ओलीले विश्वासको मतका लागि सदन समक्ष नसोचेको नतिजा आउने निश्चित छ।
विपक्षी गठबन्धनलाई पनि जसपालाई लाभ हुने निर्णय नगरे सरकार गठन गर्न सहज छैन । सरकार संचालन गर्न पनि पछि नपर्ने विज्ञप्ति निकालेको जसपालाई के नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री बनाउन मान्लान त? यदि यहि तरिकाको रस्साकस्सी रहिरहयो र कोहि तटस्थ बस्यो भने पनि मुलुक फेरि निर्वाचनतर्फ जाने अवस्था छ।





























प्रतिक्रिया