दोस्रो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङ, मापन ५.३ रेक्टर स्केल

दोस्रो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङ, मापन ५.३ रेक्टर स्केल

केन्द्रबिन्दु
0
Shares

लमजुङ केन्द्रबिन्दु भएर आजै मात्र दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार लमजुङ केन्द्र बनाएर दोस्रो पटक ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । विहान ८ बजेर २६ मिनेटमा भूकम्प गएको हो । 

आज बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पले केही ठाउँमा क्षति पुगेका समाचारहरु प्राप्त भएका छन् ।

लमजुङ जिल्लाको बेशिसहर नगरपालिकामा १५ घर भत्किएका छन् भने तीन जना घाइते भएका छन्। 

मर्स्याङ्दीमा पनि भूकम्पले क्षति पुगेको छ। माटोले बनेका पुराना घरहरु भत्किएका हुन् । थप विवरण आउन बाँकी छ ।

आज बिहान ५.४२ बजे लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो। भूकम्प गएको थाह पाए लगत्तै लमजुङमा भागाभाग भएको थियो । त्यसको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो।

याे पनि

काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस

Skip This
Skip This
Logo