कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न आयोगसँग माग

कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न आयोगसँग माग

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ। 

कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध गरिएको जनाइएको छ। 

वाग्मती प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि आज मतदान भइरहेको छ। निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोकेको छ। सो अवधिमा निर्वाचन प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरिएको छ। 

कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले नेकपा (एमाले)का अध्यक्षको हैसियतले र मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारका पक्षमा मत मागेको आरोप लगाउँदै निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य भएको र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको स्मरण गराएको छ। 

Skip This
Skip This
Logo