नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल पक्षले लज्जास्पद नाटक देखाएको बताएका छन्।
उनले ती क्रियाकलापमा क्षमा नहुने चेतावनीसमेत दिएका छन्। मध्यरातमा सामाजिक संजालमा वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको बताउँदै पोखरेलले बनिरहेको एकताको वातावरण धमिलिएको संकेत गरेका छन्।
विधि र पद्दतिको चर्को वकालत गर्ने नेता तीनका समूहबाट घोर अपराध भयो भन्दै पोखरेलले माधव पक्षले अपराधपूर्ण काम मात्रै गरेको छैन् पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको पनि जनाएका छन्।
महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महागठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन्।
पोखरेलले सामाजिक संजालमा लेखेका छन्– 'आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, ‘सूर्य’ चिन्हबाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय र लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्।'
त्यसो त गत पुस ५ मा कोपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध चिसिएको थियो। त्यहि भएर माधव नेपाल तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग लागेर त्यसको विरोध गरेका थिए। सर्बोच्च अदालतले फाल्गुन २३ को नेकपा अलग अलग पार्टी रहनु भनेपछि माधव नेपाल प्रचण्डको साथ छोडेर एमालेतीरै र्फकिएका थिए।
संस्थापन दावी गर्ने एमाले ओली पक्षले माधव नेपाल र समूहलाई गरेको व्यवहार र पेलानका कारण ओली–नेपालबीच एउटै पार्टीमा रहेपनि दुरी कायम थियो।
यद्यपी दोस्रोतहका नेताहरुको सक्रियतामा ओली नेपालबीचको विवाद समाधान गर्ने भन्दै यतिबेला कार्यदलसमेत बनेको छ।
कार्यदलको प्रतिवेदन आउनु अगावै पुनः नेपाल पक्षले दोस्रोपटक फ्लोर क्रस गरेपछि माधवइतरका एमाले नेता सबै रुष्ट छन्। त्यसैको आवेगमा नेतृत्वहरु वक्तव्यमार्फत आक्रोश पोखिरहेका छन्।































प्रतिक्रिया