दुवै जनाको दाबी किर्ते हो, राष्ट्रपति महोदय, चुनावको घोषणा होस् : कमल थापा

दुवै जनाको दाबी किर्ते हो, राष्ट्रपति महोदय, चुनावको घोषणा होस् : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेर लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाएका छन्।

नयाँ सरकार गठनका लागि आज भएको रस्साकस्सीतर्फ लक्षित गर्दै थापाले विधान बमोजिम चुनाव घोषणा गर्न र अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका हुन्।

सामाजिक संजाल फेसबुकमार्फत उनले केपी ओली पक्ष र विपक्षी गठबन्धनलाई दाबी गर्ने नेतृत्वलाई जाली र किर्तेको संज्ञा दिएका छन्।

उनले ५ बजेसम्म दर्ता भएका दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्त गर्ने’ आधार नभएको ठहरसमेत गरेका छन्।

थापाले स्टाटस लेखेका छन्ः–
राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्त गर्ने’ आधार छैन। दुवै जाली / किर्ते हुन । दुवै खारेज गरि संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।

Skip This
Skip This
Logo