आज ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन

आज ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ३१७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये २२९ वटा भरिएका र ८८ खाली सिलिन्डर रहेका छन् ।

सङ्कलन गरिएका ३१७ वटा र यसअघिको स्टक रहेका ५० वटा गरी जम्मा ३६७ वटा सिलिन्डरमध्ये शुक्रबार २८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ७८ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार ७६४ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

Skip This
Skip This
Logo