ओलीलाई प्रधानमन्त्रीमा हाम्रो सर्मथन छ, १२ सांसदलाई मान्यता नदिइयोस्: जसपा

ओलीलाई प्रधानमन्त्रीमा हाम्रो सर्मथन छ, १२ सांसदलाई मान्यता नदिइयोस्: जसपा

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले आज हस्ताक्षरत जसपाका १२ जना सांसदलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन्।

बैकल्पिक सरकार गठन गर्न भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका हुन्।

बैकल्पिक सरकार गठनका लागि जसपा पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेको थियो।

त्यसो त जसपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय नभएको जानकारी यसअघि गरिसकेको छ।

त्यसो त हस्ताक्षर गर्ने १२ जना सांसदहरुलाई कारवाही प्रक्रिया चलेको स्रोतले जनाएको छ।

'हाम्रो पार्टीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ'- जसपाले भनेको छ।

Logo