‘सभापति देउवासँग स्पष्ट बहुमत हुँदाहुँदै मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भयो’-डा.महत

‘सभापति देउवासँग स्पष्ट बहुमत हुँदाहुँदै मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भयो’-डा.महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले मध्यरातको अँध्यारोमा संविधान र लोकतन्त्रप्रति गम्भीर प्रहार भएको टिप्पणी गरेको छ।

राष्ट्रपतिले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि प्रस्तुत गरेको बहुमतको दावी अस्वीकृत गर्दै अन्ततः प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा भएपछि कांग्रेसले उक्त टिप्पणी गरेको हो।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति र प्रधानमन्त्री ओलीको कदमको जति निन्दा गरे पनि कम हुने बताए।

बहुमतको दावीमा शंका लागे सांसदहरूलाई बोलाउन सकिने भएपनि त्यसो नगरेर सरकार गठनको न्यूनतम मर्यादा पालना राष्ट्रपतिबाट नभएको भन्दै उनको पनि सहमहामन्त्री महतले आलोचना गरेका छन्।

‘जे भएपनि मध्यरातको अँध्यारोमा संविधान र लोकतन्त्रमाथिको ठूलो प्रहार भएको छ, जति निन्दा गरेपनि कम हुन्छ’, उनले केन्द्रविन्दुसँग भने, ‘ न्यूनतम मर्यादा पूरा गरिएन र दावीमा शंका लागे उहाँ (राष्ट्रपति) ले सांसदहरूलाई प्रमाणितको लागि बोलाउन सक्नुहुन्थ्यो।’ उनले देउवासँग स्पष्ट बहुमत रहेको पनि दावी गरेका छन्।

याे पनि

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिलाई दियाे चेतावनी, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ'

Skip This
Skip This
Logo