राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा आफूलाई नियुक्त नगरेकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ती जनाएका छन्।
प्रधानमन्त्री पदका लागि प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमत सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको उनको भनाइ छ।
‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो’ देउवाले भनेका छन्।
उनले फेरि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकोप्रति पनि विमती जाहेर गरेका छन्।
आक्रोशित हुँदै उनले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम सरकारले गरेको आरोप लगाए।































प्रतिक्रिया