आज १२ जना संक्रमितको मृत्यु, २ हजार १७४ निको भए

आज १२ जना संक्रमितको मृत्यु, २ हजार १७४ निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार १७४ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । आज २ हजार ६३८ जना थपिएका छन् ।

आजको पिसिआर परीक्षण १३ हजार ९४७ रहेको छ । आज ३६ हजार ३६७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ४०३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ३८ हजार ३३६, ललितपुरमा ५ हजार ४४७ र भक्तपुरमा ३ हजार ८२१ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४७ हजार ६०४ पुगेको छ ।

Skip This
Skip This
Logo